add

फागुनमा ६१ हजार नेपाली वैदेशिक रोजगारीमा गए, मलेसिया जाने मात्रै १९ हजार






ActPro Nepal

|

६ चैत, २०७९

|
332

काठमाडौं । अघिल्लो महिना (माघ)को तुलनामा रोजगारीका लागि विदेशिनको संख्या केही मात्रामा घटेको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जान फागुन महिनामा ६१ हजार ८४५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।

फागुनमा ५६ हजार ७१९ जना पुरुष र ५ हजार १२६ जना महिला कामको खोजीमा विदेशिएका हुन् ।

माघ यसरी विदेशिनेको संख्या ६४ हजार २८४ जना थियो । श्रम स्वीकृति लिएका कामदारहरुमा दक्ष, अर्धदक्ष, पेशागत, सिप भएका र सीप नभएका कामदारहरुको संख्या रहेको छ ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकाहरुमा उच्चदक्ष कामदारको संख्या ३०, पेशागत कामदारको संख्या ६८, अर्धदक्ष कामदारको संख्या ५ हजार ४४९ सीपयुक्त कामदारको संख्या ४२ हजार ७१८ र सीप नभएका कामदारहरुको संख्या१३ हजार ५८० रहेको तथ्याङकमा उल्लेख छ ।

फागुन महिनामा मलेसियाका लागि १९ हजार ८२४ जनाले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार ३०३ जनाले श्रम स्वीकृति लिएका छन् । युनाइटेड अरब इमिरेट्समा मात्र ९ हजार ७९५ जना विदेशिएका छन् । साउदी अरबमा ९ हजार ५०३ जना पुगेका छन् ।

कुवेतका लागि २ हजार ४६२ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ । कोरियामा २ हजार २२७ जनाले स्वीकृति लिएका छन् । रोमानियामा १ हजार ७० जनाको स्वीकृति जारी भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.