add

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ निर्वाचित






ActPro Nepal

|

४ चैत, २०७९

|
570

काठमाडौं । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ निर्वाचित भएका छन् । एशोसियसनको चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरी, उपाध्यक्षमा बोधराज देवकोटा, प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी बिकास बैंक, सचिवमा राम कुमार गिरी, प्रमुख कार्यकारी अधिकृत, सिन्धु बिकास बैंक, कोषाध्यक्षमा नरेश सिंह बोहरा, प्रमुख कार्यकारी अधिकृत, लुम्विनी विकास बैंक चयन भएका छन् ।

सदस्यहरुमा, प्रकाश पौडेल, प्रमुख कार्यकारी अधिकृत, साइन रेसुंगा डेभलपमेण्ट बैंक, श्रीचन्द्र भट्ट, प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक र डा.इन्द्र कट्टेल, प्रमुख कार्यकारी अधिकृत एक्सल डेभलपमेण्ट बैंकबाट रहेका छन् ।

नवनियुक्त कार्य समितिका पदाधिकारीहरुको सपथ ग्रहण समेत सम्पन्न भइसकेको छ । एशोसियसनको १७ औं वार्षिक साधारण सभाले आ.व. २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ.व. २०७९/०८० को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

अध्यक्ष प्रद्युमन पोखरेलले कोभिड १९, रुस युक्रेन युद्ध, बढ्दो मुद्रास्फिति लगाएतका कारणले अहिले बैंकिङ् क्षेत्रलाई निकै नै अप्ठ्यारो अबस्थाबाट गुज्रिरहेको बताए । तथापि, सबै सदस्य बैंकहरुलाई जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन र ग्राहक सेवालाई अझ चुस्त बनाउन आग्रह गरे ।

नवनिर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले आफुलाई अध्यक्ष पदमा निर्वाचित गरेमा धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगबाट बिकास बैंकहरुको हक र हितका लागि कार्य गर्न लागि पर्ने प्रतिबद्धता जनाए । आजका बिकास बैंकहरु व्यसायका दृष्टिकोणबाट हिजोका बाणिज्य बैंकहरु जस्तै हुन् ।

९० वटा बिकास बैंक घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका बिकास बैंकहरुको उपलब्धि हो । त्यसैले अझ राम्रो गर्नका लागि संगै सहकार्य गरौ भन्दै उनले सबै प्रमुख कार्यकारी अधिकृतहरुलाई आग्रह गरे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.