पत्रिकामा राखेर खानेकुरा खानुहुन्छ ? होसियार, लाग्छ यी घातक रोग !

पत्रिकामा राखेर खानेकुरा खानुहुन्छ ? होसियार, लाग्छ यी घातक रोग !

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रायः जसो हामी बाहिर जाँदा वा समूहमा बसेर केही खानेकुरा खान खोज्छौँ भने पत्रिकाको प्रयोग गर्ने गर्छौँ ।

त्यति मात्र नभई हामी बजारबाट केही खानेकुरा किनेर ल्याउँदा पनि पत्रिकामै राखेर दिएको खाना लिएर आउँछौँ र त्यसलाई प्लेटमा नराखी पत्रिकामै खाने पनि गर्छौँ ।

बाटोमा उभिएर चनाचटपटे पत्रिकाको चुच्चे भाँडो बनाएर चटपट खाने गर्नुभएको होला । अनि कहिलेकाहीँ पत्रिकामै रोटी बेर्ने गर्नुभएको होला ।

यसो गर्नु स्वास्थ्यको दृष्टिकोणले हानिकारक छ ।

तर, के हामीले कहिल्यै सोचेका छौँ पत्रिकामा राखेर खानुले हाम्रो स्वास्थ्यमा कतिको नराम्रो असर गर्छ भनेर, वास्तवमा, अखबारहरूमा प्रयोग हुने मसीमा खतरनाक रसायनहरू हुन्छन् जसले तपाईंको स्वास्थ्यमा नराम्रो प्रभाव पार्छ।

जसका कारण तपाई धेरै गम्भीर रोगको सिकार बन्न सक्नुहुन्छ । त्यसोभए हामी तपाईलाई बताउन सक्छौं कि पत्रिकामा कति खानेकुरा स्वास्थ्यको लागि हानिकारक हुन सक्छ।

फोक्सोको क्यान्सर

पत्रिकामा लामो समयसम्म खाना राखेर खाना खाँदा यसको मसीमा पाइने रसायनले फोक्सोको क्यान्सर गराउन सक्छ । जब फोक्सोको क्यान्सर हुन्छ, यो पहिले फोक्सोका भागहरू जस्तै ब्रोंकियोल्स वा अल्भिओलीमा फैलिन्छ।

कलेजोको क्यान्सर

पत्रपत्रिकामा तातो खाना राख्दा मानिसलाई कलेजोको क्यान्सर हुने खतरा हुन्छ । साथै कलेजोको क्यान्सरसँगै पिसाबमा क्यान्सर हुने खतरा पनि बढ्छ ।

पेटमा ग्यास वा घाउ पनि हुन सक्छ

पत्रिकामा खाना राख्नाले पेटमा ग्यास वा घाउ हुने खतरा पनि बढ्छ । साथै, कहिलेकाहीँ मानिसहरूमा हार्मोनल असंतुलन हुने जोखिम बढ्छ।

यसै चेतावनीका साथ भारतीय खाद सुरक्षा एवं मानक प्राधिकारले मानिसको स्वास्थ्यप्रति सचेत गराउँदै पत्रिकामा खाना नराख्न र नखान सल्लाह दिएको छ ।

प्राधिकारका अनुसार खाना जतिसुकै स्वस्थ्यवर्धक र स्वच्छ बनेको भएपनि त्यसलाई पत्रिकासँगको सम्पर्कमा ल्याउनाले त्यो हानिकारक हुन जान्छ र हाम्रो स्वास्थ्यलाई हानिपुर्याउन सक्छ ।

पत्रिका छापिने बेलामा अनेक प्रकारका खतरनाक बायोएक्टिभ तत्व प्रयोग हुने गर्छ । जसले हाम्रो शरीरलाई धेरै नराम्रो असर गर्छ ।

यसका साथै प्रकाशनको लागि प्रयोग हुने मसी, कलर, पिगमेंन्ट र परिरक्षक नोक्सानदेह हुन्छ । जुन हाम्रो शरीरमा खानाको माध्यमबाट प्रवेश गर्छ र त्यो स्वास्थ्यको लागि धेरै नै हानिकारक हुन सक्छ ।

एवीपी न्यूज

Recent Comments

No comments to show.