काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीका खेलाडीहरूलाई शीतलनिवास बोलाएका छन्।
राष्ट्रपति पौडेलको सचिवालयका अुनसार शुक्रबार (३ चैत) दिउँसो ३ बजे क्रिकेट टोलीका खेलाडीहरूलाई शीतलनिवास बोलाइएको हो।
बिहीबार यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुगेको टोलीलाई राष्ट्रपति पौडेलले बधाई तथा शुभकामना दिनका लागि शीतलनिवास बोलाएका हुन्।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएर सरकारको तर्फबाट जनही ३ लाख दिने घोषणा गरिसकेका छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।