काठमाडौं । पछिल्लो समय अविश्सनीय प्रदर्शन गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ ।
खेल बिहान ९ : ३० मा टियु मैदानमा सुरु हुनेछ। घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्नेछन् ।
पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। वर्षा वा कुनै कारण खेलको नतिजा नआए र अंक बाँड्नु परेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ।
नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।