काठमाडौं। निसानको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालिले बिक्री गर्दै आएको गाडीमा एभरेस्ट बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियरबीच भएको सम्झौताअनुसार अब निसानका गाडी खरिद गर्ने ग्राहकले एभरेस्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।
दुई संस्थाबीच भएको सम्झौतापत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड हरिशकुमार आचार्य र पायोनियर मोटो कर्पको तर्फबाट सहमहाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि निसानले उत्पादन गरेका गाडीहरू खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।
सम्झौताअनुसार एभरेस्ट बैंकका सबै शाखाहरूबाट ग्राहकलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलै उपलब्ध हुनेछ । इभीका लागि बेसरेट ३.५० प्रतिशत र नन–इभीका लागि बेसरेट ४ प्रतिशत हुनेछ भने सात वर्षको अवधिसहित सेवा शुल्क ०.५ प्रतिशत हुनेछ।
यी दुई संस्थाबीचको सम्झौतापछि ग्राहकहरू अब २० प्रतिशतको डाउन पेमेन्टमा निसान इभीको मालिक हुन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ । यो योजना पायोनियर मोटोकोर्पको आधिकारिक ब्रिक्रेता र एभरेस्ट बैंकका सबै शाखाहरूबाट नेपालभर लागू हुनेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।