add

एनएमबि बैंकको मर्चेन्ट क्यूआरमा एक हजार बोनस






ActPro Nepal

|

१ चैत, २०७९

|
380

काठमाडौं । विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्यले एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि ‘क्युआरमा एक हजार बोनस्’ अफर सार्वजनिक गरेको छ।

बैंकमा खाता खोलिसकेका मर्चेन्ट तथा नयाँ मर्चेन्टहरूले एक हजार रूपैयाँभन्दा माथिको क्युआरमार्फत पहिलो भुक्तानी लिदा एक हजारको बोनस जित्ने मौका पाउनेछन्।

यो योजना फागुन १५ गतेदेखि सुरु भएको छ। सो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुन जरुरी छ।

एनएमबि बैंक २६ वर्षदेखि बैंकिङ सेवा सुविधा प्रदान गरिरहेको छ। बैंक ‘दि फिनान्सियल टाइम्स, लण्डनको द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भइसकेको छ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेकको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.