काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २६ ले गोंगबु क्षेत्रका २६ जना व्यवसायीलाई वडा कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।
गोंगबुस्थित गल्फ रियल स्टेट प्रा.लिका नाममा दर्ता कायम रहेका ९ कित्ता जग्गामा नक्सापास नगरी निर्माण भएका घर टहरामा व्यवसाय गर्दै आएका २६ व्यवसायीलाई १५ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन भनिएको हो।
ती व्यवसायीहरूले भाडा रकमसमेत नतिरेको पाइएको वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
२ वर्षदेखि भाडा रकम नतिरेको, जवरजस्ती ठाउँ ओगटेको र भाडा माग्दा धाकधम्की दिएको तथा नेपालको संविधानप्रदत्त सम्पत्तिसम्बन्धी हक उपभोग गर्नबाट जग्गाधनी बञ्चित हुन पुगेकोले वडा कार्यालयले व्यवसायीलाई वडामा उपस्थित हुन भनेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।