काठमाडौं । विराटनगरका उज्ज्वल भट्टराईले श्रीमती यसोधा पोखरेल भट्टराईलाई प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिएका छन् ।
१२औं वैवाहिक बर्ष गाँठको अवसर पारेर उज्ज्वलले आफ्नी श्रीमती यसोधालाई ३० लाख बीमाङ्क रकमको सो जीवन बीमा योजना प्रदान गरेका हुन् ।
जीवन बीमा हस्तान्तरण कार्यक्रममा प्रभु लाइफका तर्फबाट प्रदेश प्रमुख पुष्कर भट्टराई, शाखा प्रमुख प्रशान्त पाण्डे लगायतको उपस्थिती रहेको थियो । श्रीमती यसोधा पोखरेल भट्टराई प्रभु लाइफको एजेन्सी म्यानेजर समेत रहेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।