श्री एयरलाइन्सको प्रतिबन्ध फुकुवा, आजदेखि नियमति उडान भर्ने

श्री एयरलाइन्सको प्रतिबन्ध फुकुवा, आजदेखि नियमति उडान भर्ने

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको उडान भर्न नपाउने प्रतिबन्ध फुकुवा गरेको छ ।  प्रतिबन्ध फुकुवा भएसँगै शनिबारदेखि नियमित उडान गर्नेछ।

काठमाडौंबाट भैरहवाको लागि उडेको जहाजको दायाँ इन्जिनमा आगोको संकेत देखिएको घटनापछि प्राधिकरणले जाँच नभएसम्म शुक्रबारदेखि श्री एयरका सबै उडान-अवतरणमा प्रतिबन्ध लगाएको थियो ।  

शुक्रबार श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको थियाे। प्राविधिकरणकाे विज्ञ टाेलीले जाँच गरेपछि श्री एयरलाइन्सले पुनः उडान अनुमति पाएकाे हाे।

श्री एयरलाइन्सका साना-ठूला गरी आठ जहाज छन्। तीमध्ये चारवटा मात्रै सञ्चालनमा छन्।

Recent Comments

No comments to show.