काठमाडौं । युरोपा लिग अन्तर्गत राउण्ड १६ को पहिलो लिगमा म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब रियल बेटिसलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।
म्यानचेस्टर युनाइटेडको जतिमा मार्कश राशफोर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेज र वोउट वेगवोर्स्टले एक एक गोल गरेका थिए ।
त्यस्तै रियल बेटिसका लागि एयोजे पेरेजले एक गोल फर्काएका थिए । योसँगै पहिलो लिगमा म्यानचेस्टर युनाइटेडले ४-१ को अग्रता लिएको छ । दोस्रो लेग १६ मार्चमा रियल बेटिसको मैदानमा हुँदैछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।