add

राष्ट्रपति निर्वाचन : आजै मतदान र परिणाम, सोमबार शपथ






ActPro Nepal

|

२५ फागुन, २०७९

|
467

काठमाडौं । देशको तेस्रो राष्ट्रपति चुन्न बिहीबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १०–३ बजेसम्म मतदान हुँदै छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीको कार्यकाल फागुन २८ गते सकिन लागेकोले आज राष्ट्रपतिको निर्वाचन हुन लागेको हो।

काठमाडौं- आज हुन गईरहेको राष्ट्रपतिको निर्वाचन आजै सार्वजनिक हुनेछ भने निर्वचितले सोमबार शपथ लिनेछन ।

निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा भइसक्ने छ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भित्र नै मतगणना हुने र सोही स्थानबाट मत परिणाम सार्वजनिक हुने उनले बताए। ‘मतदानस्थलमा नै मत गणना गर्नेछौं र ७ बजे भित्रमा मत परिणाम पनि सार्वजनिक गरिसक्ने छौं,’ उनले भने।

संघीय सांसद अन्तर्गतका मतदाता र प्रदेश संसद सांसद अन्तर्गतका मतदाताका अलग अलग मतगणना गरिने र एकमुष्ठ रुपमा मतपरिणाम घोषणा गरिने गरी तयारीका साथ काम आयोगले राष्ट्रपति निर्वाचनको तयारी पुरा गरेको छ।

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.