महिलामात्रै रहेको चालक दलका सदस्यलाई विमानस्थलमा पर्यटनमन्त्रीकाे स्वागत

महिलामात्रै रहेको चालक दलका सदस्यलाई विमानस्थलमा पर्यटनमन्त्रीकाे स्वागत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको इतिहासमा पहिलोपटक महिलाहरू मात्रै रहेको चालक दलले राष्ट्रिय ध्वजावाहक एअरबस ३२० नेपाल–दुबई र दुबई–नेपालको सफल उडान भरेकाे छ ।

दुईजना महिला विमान चालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै निगमको एयरबस ए–३२० जहाज शनिबार काठमाडौंबाट दुबई गएको थियो।

पाइलटद्वय भावना पन्त गिरी र सिर्जना राउतको चालक दलले नेपाल–दुबई र दुबई–नेपालको सफल उडान भरेको यो जहाज बुधबार बिहान १०.३५ बजे काठमाडौंमा अवतरण भएको हो।

दुईजना पाइलटसँगै यो जहाजमा एयरहोस्टेहरु पुरअन्जक महर्जन, संगीता केसी, बास्ना राना र अनिशा प्रजापति थिए।

बुधबार ८ मार्च अर्थात अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एयरबस सबै महिला चालक दलका सदस्यबाट उडाउने निर्णय लिएको थियो।

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले एयरबस २२० जहाज उडान गर्ने चालक दलका महिला सदस्यलाई विमानस्थलमै पुगेर बधाई दिएका छन् ।

‘संयोग मात्र होइन, महिलाहरूले अवसर पाउँदा गर्न सक्छन् भन्ने प्रमाण पनि हो, बधाई छ दिदीबहिनी पाइलटहरू भावना पन्त गिरी र सृजना रावललाई, नेपालकै इतिहासमा महिलाहरुमात्रै रहेको चालक दलले पहिलो पटक राष्ट्रिय ध्वजाबाहक एअरबस ३२० नेपाल–दुबई र दुबई–नेपालको सफल उडान भरेका छन्’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेवानीमा अरू ९ जना महिला पाइलटहरू पनि रहेको सगौरव जानकारी गराउन चाहन्छु ।’

Recent Comments

No comments to show.