add

डिप्रोक्स र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन






ActPro Nepal

|

१९ फागुन, २०७९

|
843

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले दुई लघुवित्तको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबार डिप्रोक्स लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सकोे सेयर मूल्य समायोजन गरेको हो ।

दुवै लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

डिप्रोक्स लघुवित्तले गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने १० प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि डिप्रोक्सको नयाँ सेयरमूल्य ७४४.५५ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सपोर्ट माइक्रोफाइनान्सले गत वर्षको नाफाबाट वितरण गर्ने ११ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि सपोर्टको सेयर मूल्य ९९०.९९ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा आइतबार दुवै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.