add

दोहोरो अंकले घट्यो नेप्से, कारोबार १ अर्ब २८ करोडमा सीमित






ActPro Nepal

|

१७ फागुन, २०७९

|
245

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक(नेप्से) २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २५७ कम्पनीको १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रुपैयाँ बराबरको ३७ लाख २९ हजार ९७९ कित्ता शेयर किनबेच भएका छन् । कारोबारमा आएको १३ वटा समूहको परिसूचक घटेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । मंगलवार १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

घट्दो बजारमा एक कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल १० प्रतिशतले बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अपर तामाकोशीको भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.