पर्यटक आगमन उत्साहजनक, एक महिनामा भित्रिए ७३ हजार

पर्यटक आगमन उत्साहजनक, एक महिनामा भित्रिए ७३ हजार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिजन सुरू हुँदै गर्दा पर्यटक आगमन उत्साहजनक देखिएको छ ।

अध्यायगमन विभागको तथ्यांक अनुसार फेब्रुअरी महिनामा ७३ हजार २ सय ५५ जना पर्यटक भित्रिएका हुन्। यो संख्या अघिल्लो महिनाभन्दा १८ हजारले बढी हो। यसअघि जनवरीमा ५५ हजार ७४ जना पर्यटक भित्रिएका थिए।

नेपाल भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन्। एक महिनामा भारतबाट मात्रै १८ हजार १ जना भित्रिएका छन् ।

भारतबाट हरेक महिनामा पर्यटक आगमनमा उच्च दरमा बढिरहेको छ । दोस्रो धेरै संख्यामा पर्यटक आएको देश अमेरिका हो ।

अमेरिकाबाट ७ हजार ८८७, थाइल्यान्डबाट ४ हजार ८०२, बेलायतबाट ४ हजार ३४५, दक्षिण कोरियाबाट ३ हजार २४६ र अष्ट्रेलियाबाट २ हजार ९६९ जना पर्यटक भित्रिएका छन्।

यस महिना नेपाल घुम्न आउँने चिनियाँ पर्यटकको संख्या पनि बढेको छ। बोर्डकाअनुसार चीनबाट २ हजार २६६ पर्यटक भित्रिएका छन्।

यसअघि सन् २०१९ मा एक लाख २ हजार ४२३ जना र सन् २०२० मा ९८ हजार १९० जना पर्यटक भित्रिएका थिए। कोरोना माहामारीले सन् २०२१ को फ्रेबुअरीमा भने ९ हजार १४६ र सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७६६ जना पर्यटक नेपाल भित्रिएका थिए।

Recent Comments

No comments to show.