add

निर्माण उपकरण र आवास कम्पनीको अन्तर्राष्ट्रिय प्रदर्शनी भृकुटीमण्डप(फोटोफिचर)






ActPro Nepal

|

१२ फागुन, २०७९

|
502

काठमाडौं । भृकुटीमण्डपमा आठौं संस्करणको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी, नेपाल हाउजिङ एन्ड इनभेस्टमेन्ट एक्स्पो र नेपाल हेभी इक्विपमेन्ट एन्ड कन्स्ट्रक्सन एक्स्पो एकैसाथ शुरु भएको छ । 


मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा शुरु भएको मेला आइतवारसम्म चल्नेछ । यो कार्यक्रम निर्माणसम्बन्धी नेपालकै सबैभन्दा ठूलो एक्स्पो हो ।


निर्माण मेसिनरी, कन्स्ट्रक्सन हेभी इक्विपमेन्ट, आवास र अपार्टमेन्टको आउटलेट, प्रि–फ्याब संरचना, युपिभिएस विन्डोज मेसिनरी तथा प्रोफाइल, ढोका र झ्यालहरू, वास्तुकला हार्डवेयर, बाथरुम फिटिङ, पाइप, टाइल र सेनेटरी वेयर, पूर्वइन्जिनियरिङ भवन, पावर उपकरण, विन्डोज, कंक्रिट ब्लक मेसिनरी निर्माता, मुभिङ इक्विपमेन्ट, मेटेरियल ह्यान्डलिङ इक्विपमेन्टलगायतका सामग्री प्रदर्शनीमा राखिएका छन् ।  


विकास, प्रतिस्पर्धात्मकता, पूर्वाधारमा लगानी प्रवद्र्धन, मानव पुँजीको विकास र सामाजिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गरेको आयोजकको भनाइ छ। 


निर्माण कम्पनी, डिलर, सब डिलर र विक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा र यस क्षेत्रमा आउने नयाँ-नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको आयोजकले बताएको छ।

तस्विर दिपक घिमिरे


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.