काठमाडौं । सरकारले जनसंख्या मन्त्रलायले अभियानअन्तर्गत आजदेखि फागुन १५ गतेसम्म हात्तीपाइले रोग प्रभावित १५ जिल्लामा ‘आम औषधि सेवा अभियान’ सुरु गरेको छ ।
स्वास्थ्यकर्मीहरूले जिल्लामा वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी धार्मिकस्थल आदिमा बुथ राखेर औषधि वितरण गर्नेछन् ।
प्रभावित जिल्लामा झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली रहेका छन् ।
हात्तीपाइलेविरुद्धको औषधिले शरीरमा यो रोग गराउने परजीवी भए नष्ट गर्छ । हात्तीपाइले हुनबाट पनि बचाउँछ । मन्त्रालयका अनुसार दुई वर्ष पूरा भएका सबैले हात्तीपाइलेविरुद्धको औषधि खानुपर्दछ । दुई वर्षभन्दा मुनिका बालबालिका, गर्भवती सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामीले यो औषधि खानु हुँदैन ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।