add

कर्जा लगानीमा राष्ट्र बैंकको कडाई, बैंकका ऋणीले लघुवित्तबाट ऋण लिन नपाउने






ActPro Nepal

|

११ फागुन, २०७९

|
601

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका व्यक्तिले लघुवित्तबाट कर्जा लिन नपाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले बुधबार लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ परिमार्जनमा उक्त व्यवस्था रहेको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य नहुने व्यवस्था गरेको हो ।

यस्तै अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएरनलिएको ऋणीले नै स्वघोषणा गर्नु पर्ने छ । यस्तै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिएरनलिएको एकिन गर्नु पर्नेछ ।

यसअघि प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको कर्जा चुक्ता गर्न बाधा नपुग्ने भएको छ । नयाँ व्यवस्थामा साविकमा यस्तो सीमा नाघ्ने गरी कर्जा प्रदान गरिएको अवस्थामा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्त वित्तीय संस्थाले सीमाभन्दा बढी प्रवाह भएको कर्जा रकममा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने रहेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.