add

एनआईसी एशिया लघुवित्तद्धारा प्रभावकारी फिल्ड व्यस्थापन तालिम संचालन






ActPro Nepal

|

११ फागुन, २०७९

|
336

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लुम्बिनी प्रदेश अन्तर्गतका शाखामा कार्यरत सम्पुर्ण फिल्ड कर्मचारीहरुका लागि प्रभावकारी फिल्ड व्यवस्थापन सम्बन्धी क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ ।

उक्त कार्यालयले चरणबद्ध रुपमा सो क्षेत्रका भुताहा, बोडगाउँ, डुमरा, हाकुई, बेथरी तथा हार्थोक आदि स्थानहरुमा उक्त तालिम सञ्चालन गरेको हो ।

संस्थाको शाखा कार्यालयहरुमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई लघुवित्त र यसको महत्व, संस्थाले समुदायस्तरमा प्रदान गर्दै आईरहेका वित्तीय तथा गैरवित्तीय कार्यक्रमहरु, संस्थाको नीति बमोजिम कसरी कार्यक्रम संचालन तथा सेवा प्रवाह गर्ने, सरल, सुलभ र ग्राहक सदस्यमुखी सेवा प्रवाहमा जोड दिने लिगायतका विषयमा तामि प्रदान गरेको हो ।

साथै ग्राहकलाई उनीहरुको वित्तीय कारोवार गर्न सक्ने क्षमता तथा व्यवसायको विश्लेषण गरी सोहि अनुरुपको कर्जा प्रवाह गरि कसरी उनीहरुलाई आयआर्जनमुखी तथा व्यवसायमुखी बनाउने वियमा पनि तामि प्रदान गसिरएको संस्थाले जनाएको छ ।

वित्तीय सेवाका अलावा सदस्यहरुलाई प्रदान गरिने क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरु साथै हाल लघुवित्तमा देखिएका समस्या तथा त्यसको समाधान कसरी गर्ने आदि विषयहरुको बारेमा उक्त क्षमता अभिबृद्धि सम्बन्धी तालिम संचालन गरिएको संस्थाका लुम्बिनी प्रदेश (क) प्रमुख अमर नाथ सेढाईले बताए ।

संस्थाका प्रमुख सेढाई, उप प्रादेशिक कार्यालयका प्रमुखहरु लव सुदन सिंह तथा दिपक अधिकारी आदिले सहजीकरण गरेको उक्त तालिममा प्रदेश कार्यालय अन्तर्गतका १०३ जना फिल्ड कर्मचारीहरुको उपस्थिती रहेको थियो । यस्ता कार्यक्रम संचालनबाट संस्थाद्धारा संचालित वित्तीय तथा गैह्रवित्तीय कार्यक्रम तथा सेवाहरु सरल, सहज तथा उपलब्धीमुलक रुपमा प्रवाहमा हुनेमा संस्था विश्वस्त रहेको समेत प्रदेश प्रमुख सेढाईले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.