add

अष्ट्रेलियामा विद्यार्थीले हप्तामा २४ घण्टा काम गर्न पाउने, अध्ययनपछिको भिसा अवधि थप






ActPro Nepal

|

१० फागुन, २०७९

|
338

काठमाडौं । अष्ट्रेलियामा विदेशी विद्यार्थीले हप्ताको २४ घण्टाका दर अनुसार १५ दिनमा ४८ घण्टा काम गर्न पाउनेभएका छन् ।

अष्ट्रेलियाको शिक्षा विभागले जारी गरेको सूचना अनुसार यस अघिको २० घण्टा काम गर्न पाउने नियमलाई संशोधन गरिएको छ । यो नियम जुलाई १ बाट प्रारम्भ हुनेछ ।

हाल कोभिडका कारण कामदार अभाव भएपछि विदेशी विद्यार्थीहरुले गर्न पाउने काममा यसअघि लाग्दै आएको हप्ताको २० घण्टे सीमा हटाईएको छ ।

तर, आगामी जुलाई १ देखि यो नियम पहिले कै अवस्थामा फर्किने सरकारले घोषणा गरिसकेको छ । पुरानै अवस्था फर्कने बेलामा भने अब नयाँ समय सिमा लागु हुने शिक्षा विभागले जनाएको छ ।

यस्तै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्नातक वा स्नताकोत्तर सकेपछि पूर्ण रूपमा काम गर्न पाउने गरी प्राप्त गर्ने भिसाको समयलाई अष्ट्रेलियाले थप गर्ने भएको छ । हाल विद्यार्थीहरूले पढाइ सकेपछि २ वर्षका लागि प्राप्त गर्ने भिसाको समयावधि अब बढाउन लागिएको हो ।

संशोधित नयाँ कानुन अनुसार अब स्नातक सक्ने विद्यार्थीले चार वर्षको पीएसडब्लु भिसा पाउने छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.