काठमाडौँ । पाकिस्तानी दुतावसको आयोजनामा हुने आठौं संस्करणको नेपाल–पाकिस्तान मैत्रिपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सोमवार सार्वजनिक गरिएको छ । पाकिस्तानी दुतावासमा आयोजित एक कार्यक्रममा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको हो ।
सार्वजनिक कार्यक्रममा नेपाली टोली पूर्वकप्तान पारस खड्काले प्रतियोगिताबाट नेपाली युवा खेलाडीले मौका पाउनेगरेको बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसावमा युवा खेलाडीले खेल्ने गरे पनि दुतावासले आयोजना गर्दैआएको प्रतियोगिताले युवा खेलाडीलाई मौका दिनेगरेको उनको भनाइ थियो ।
खड्काले पाकिस्तानी दुतावासमा रहेको मैदान नेपालमा भएको मैदानमध्येको सेवा सुविधा सम्पन्न मैदान भएको र दुवै देशका सरकारबाट दुतावसमा अवस्थित मैदानलाई पूर्णरुपको मैदानको रुपमा प्रयोग गर्ने मिल्नेगरी उपलब्ध गराउन आग्रह गरे ।
प्रतियोगितामा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालमा रहेका उदीयमान खेलाडीको हौसला प्रदान गर्नका लागि आयोजना गर्दैआएको छ । प्रतियोगिताको ट्रफी नेपालको तर्फबाट पूर्व कप्तान पारस खड्का र द्ुतावासका उपराजदुत उमर अलिले संयुक्त रुपमा सार्वजनिक गरे । प्रतियोगिता १० मार्चदेखि १८ मार्चसम्म आयोजना हुँदैछ ।
दुतावसले सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरी खेलाउनेछ । चार समूहका शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् र सेमिफाइनलमा विजयी टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।