२ अर्ब ५० करोडको नागरिक बचतपत्र विक्री गर्दै राष्ट्र बैंक, यी कुरामा ध्यान दिनुस्

२ अर्ब ५० करोडको नागरिक बचतपत्र विक्री गर्दै राष्ट्र बैंक, यी कुरामा ध्यान दिनुस्

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारबाट २ अर्ब ५० करोड रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८४’ बिक्री गर्ने भएको छ। फागुन १० गते देखि ३० गतेसम्म बिक्री खुला गर्ने र चैत ६ गते निष्कासन गर्ने जानकारी दिएको हो।

उक्त बचतमा निष्कासन हुने रकम २ अर्ब ५० करोड रहने छ। जसको ब्याजदर ११.५० प्रतिशत रहने छ। ब्याज भुक्तानी भने ६–६ महिनामा हुने छ।

जुन इच्छुक व्यक्तिले कम्तीमा १० हजार रुपैयाँ खरीद गर्नसक्ने छन् भने बढीमा निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न सक्ने छन्।

उक्त बचतपत्र खरीद गर्न चाहने नेपाली नागरिकले बैंक तथा वित्तीय संस्थाहरू, राष्ट्र बैंकका शाखा कार्यालयहरू तथा वेबसाइटबाट फारम भरेर बुझाउन सक्नेछन् । बचतपत्रको ब्याजमा भने ब्याजकर लाग्नेछ । यो बचतपत्रको साँवा फिर्ता २०८४ असार चैत ६ गते हुनेछ।

ब्याज भुक्तानी लिने स्थान: आफूलाई पायक पर्ने बैंक बित्तीय संस्थाहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरु ।

खण्डित अवधिको ब्याज: खरीदको लागि रकम बुझाएकै मिति देखि निष्काशन मितिभन्दा अघिल्लो दिनसम्मको तोकिएको ब्याजदरमा खण्डित अवधिको ब्याज रकम भुक्तानी दिइने ।

बचतपत्रको किसिम: स्टक वा प्रमिशरी नोटको रुपमा बचतपत्र लिन सकिने । स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनु पर्ने । नखुलाइएको अवस्थामा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने । लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र उपलब्ध गराइने।

Recent Comments

No comments to show.