add

निर्यात प्रवर्द्धनको आधार स्वेदेशी उद्योगको संरक्षण : विदुषी राणा






ActPro Nepal

|

४ फागुन, २०७९

|
786

जुत्ता चप्पलको बजारमा नेपालको स्वदेशी उत्पादन हिस्सा समग्रमा राम्रो छ र यो निरन्तर बढिरहेको छ ।

जुत्ता चप्पल भन्नासाथ साना बच्चाले लगाउनेदेखि ठूला उमेर समूहले लगाउने सबै किसिमका फुटवेयर पर्छन् । २ हजार रूपैयाँसम्मको जुत्ताचप्पलमा हामी आत्मनिर्भर छौँ । त्यसभन्दा तलका जुत्ताचप्पल बाहिरबाट ल्याउनुपर्ने आवश्यकता छैन । जुत्ताचप्पल उद्योग र बजारलाई यस अवस्थामा ल्याउन समग्र नेपाली जुत्ता चप्पल उद्यमीहरू लागि पनि परेका थिए ।

तर यो सोचाईंको चक्रमा अहिले केही परिर्वतन आएको छ । कोरोना महामारीलेसमग्र उद्योग व्यवसायलाई नै धराशयी बनाएको छ । त्यसमा पनि हामी जस्ता धेरै श्रमिकको व्यवस्थापन गर्ने उद्योगीहरूलाई ठूलो हानी गरेको छ । अहिले हामी पुनः माथि जाने कोशिस त गरिरहेका छौं र त्यसमा सरकार र उपभोक्ता दुवैको साथ आवश्यक छ ।

विगतमा नेपाली जुत्ता चप्पल राम्रा र गुणस्तरीय छैनन् भन्ने आरोप हामीले खेप्नुपथ्र्यो तर अब त्यो आरोप पनि कम हुँदै आएको छ । त्यस हिसाबमा पनि अब उपभोक्ताले सहयोग गर्नुपर्छ । कोरोनाबाट थलिएको व्यसायलाई माथि उठाउन सरकारको साथ मात्र पाएर पुग्दैन, उपभोक्ताको पनि सहयोग त्यत्तिकै आवश्यक हुन्छ ।

गोल्डस्टारको झण्डै ४० वर्ष पुरानो जुत्ता कम्पनी हो । त्यसमा पनि २०–२५ वर्ष अगाडि हाम्रो सबैभन्दा ठूलो निर्यात भारततिर हुन्थ्यो । धेरैचोटि हामीले भारतका लागि ठूलो निर्यातकर्ता भनेर अवार्ड र सम्मानहरू पनि पायौं ।

पछिल्लो समय हामी बहराइन, कतार, जापान, अस्ट्रेलिया, क्यानडालगायत मुलुकमा पनि जुत्ता पठाइरहेका छौं । हालै मात्र हामीले अमेरिकामा प्रडक्ट लञ्च गरेका छौं । सोचे अनुसार त गर्न सकेका छैनौं, तर साना साना कदममार्फत व्यवसायको विस्तारमा लागेका छौं । सबै कुरा मिल्यो भने मलाई लाग्छ हामी राम्रो निर्यात गर्न सक्छौं । यसले त पूरै देशलाई फाइदा हुनसक्छ ।

त्यसकारण विदेशी मुद्रा आर्जन गर्नसक्ने उद्योगका रूपमा यी उद्योगलाई प्रोत्साहन गर्न सके राम्रो सम्भावना देख्न सकिन्छ । यो बाटोमा हिंड्न अन्य व्यवसायीहरू पनि लागि परेका छन् । उनीहरू पनि सफल हुन्छन् भन्ने आशा छ । तर त्यसमा सरकारको साथ अवश्य हुनपर्छ । अहिले विदेशी मुद्रा सञ्चिति घटिरहेको छ, सरकारले राम्रो नीति लिने हो भने जुत्तापप्पलबाट समेत विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।

नेपालमासाना, ठूला र मझौला गरी झण्डै १५ सयजति जुत्ता चप्पल उद्योग सञ्चालनमा छन् । संसारमै सबैभन्दा ठूलो रोजगारी दिनेमा जुत्ता चप्पल क्षेत्र दोस्रो स्थानमा आउँछ । पहिलो स्थान गार्मेन्टले ओगटेको छ । नेपाल जुत्ता तथा चप्पलमा आत्मनिर्भर बन्दै गर्दा यो क्षेत्रलाई जोगाएर प्रोत्साहन गर्नुपर्ने खाँचो देखिएको छ । गोल्डस्टारकै कुरा गर्ने हो भने हामीले तीन हजारलाई प्रत्यक्ष रोजगारी दिइरहेका छौँ, अप्रत्यक्ष रूपमा ९÷१० हजारले रोजगारी पाइरहेका छन् ।

जुत्ता चप्पल उद्योगको क्षेत्र भनेको यस्तो पनि हो, यहाँ पछि परेका मान्छेहरूलाई रोजगारी दिन सकिन्छ । गोल्डस्टारमा तीन हजार जनाले रोजगारी पाउनुभएको छ, त्यसमध्ये ६०–६५ प्रतिशत महिलाहरू हुनुहुन्छ । उहाँहरू पनि विविध पृष्ठभुमिबाट हुनुहुन्छ । जस्तो कि हामीले श्रीमानबाट पीडित भएका र विभिन्न कारणवश शिक्षाबाट वञ्चित भएका महिलाहरूलाई लिएका छौं । सर्वप्रथम त उहाँहरूलाई तीन महिनाको निःशुल्क तालिम दिन्छौं, त्यसपछि आफ्नै कम्पनीमा रोजगारी दिन्छौं । यसलाई हामीलेसामाजिक दायित्वका रूपमा लिएका छौं । तर उहाँहरूलाई लिएर तीन महिनाको तालिम दिन पनि धेरै नै खर्च लाग्छ ।

विदुषी राणा | निर्देशक, किरण सुज म्यानुफ्याक्चर्स (गोल्डस्टार सुज)

एक त तालिम निःशुल्क हुन्छ, त्यसमाथि उहाँहरूले सामान्य तलब पनि पाउनुहुन्छ । त्यो भनेको सरकारले तोकेको न्यूनतम तलब हो । त्यसपछि लाग्ने अन्य खर्चहरू पनि हुन्छन् । हामी ती सबै बेहोर्दै महिला तथा पिछडिएका व्यक्तिहरूलाई रोजगारी दिइरहेका छौं । यो सबैभन्दा ठूलो चुनौती हो त्यसैले सरकारले तालिम केन्द्र बनाइदिने हो भने यतिधेरै जुत्ता चप्पल कारखानाहरू छन्, ति सबैलाई सहज हुने थियो । तालिम हामी आफैले दिनु नपर्ने र सरकारले सहयोग गर्ने हो भने यो क्षेत्रलाई नै ठूलो मद्दत हुने थियो ।

कोभिड–१९ महामारीले यो क्षेत्रमा ठूलो असर गरेको छ । हुन त यसले संसारभरि नै गाह्रो पारेको थियो । तर पनि यो बेला हामीले कारखाना बन्द गरेर कामदारलाई तलब नदिने कुरा भएन तर त्यसले यस्ता क्षेत्रका उद्योगधन्दाहरूलाई धराशयी नै बनाएको छ । यो महामारीको प्रतिकूल समय भए पनि हामीले उहाँहरूलाई न्यूनतम तलब दियौं । हामीले भविष्य हेरेर यस्तो कदम चालेका हौं ।

कोभिडले हामीजस्तै धेरै उद्योग कलकारखाना सञ्चालन गर्न, व्यवसाय गर्न ठूलो चुनौती खडा ग¥यो । हुन त यस किसिमका चुनौति पहिलेदेखि नै थिए । नेपालमा भूकम्प आएको बेलामा पनि कारखाना बन्द गर्नुपर्ने अवस्था आएको थियो । कर्मचारीहरू घर गएर बसेका थिए । त्यसपछि मुख्य निर्यात नै भारतमा हुने गरेकामा कहिले नाकाबन्दी, कहिले नोटबन्दी, कहिले कोभिडजस्ता समस्या व्यहोर्नुप¥यो । यस्ता चुनौती हरेक १÷२ वर्षमा आइ नै रहेको छ ।

यी सबै समस्या आउँदा आर्थिक रूपमा त ठूलो क्षति व्यहोर्नुपर्यो नै, अन्य क्षति पनि भोग्यौं । जस्तो संकटका बेला श्रमिक गाउँमा गइसकेका हुन्छन्, उहाँहरूलाई फिर्ता ल्याउन गाह्रो हुन्छ । फेरि नेपालमा अरु काम नहुने वित्तिकै विदेशिन खोज्ने प्रवृत्ति छ । हामीले तालिम दिएर काम सुरु गरेका हुन्छौं अनि उहाँहरू चाहीं छोडेर जान खोज्नुहुन्छ । यसो गर्दा फेरि नयाँ मान्छे चाहियो, तालिम फेरि दिनुपर्यो । यो ठूलो समस्या हो ।

मुख्य निर्यात बजार भारतमा नोटबन्दी हुँदा हामीले धेरै समस्या भोग्यौं । यसै पनि विश्वबजार एकदमै प्रतिस्पर्धी भइसकेको छ । यसका बाबजुद हामी त्यही बजारमा जान खोज्दै थियौं । गोल्डस्टारको ६०–७० प्रतिशत उत्पादन भारतमा जान्छ । यस्तोमा नोटबन्दी र नाकाबन्दी हुँदा हामी १–२ वर्ष रोकिनुपर्ने अवस्था आयो । त्यस्तो बेलामा अरु पनि समस्या थपिए । भारतमै नक्कली गोल्डस्टार जुत्ता बन्न थाले ।

चीनबाट पनि नक्कली गोल्डस्टार जुत्ता भारत जान थाल्यो । हामीले अवसर गुमायौं । हामीले अस्ट्रेलियामा पनि आउटलेट खोलेका थियौं । त्यहाँ साथीहरूले मेलबर्न, सिड्नीमा फ्रेन्चाइज शोरुम खोल्नुभयो । एकदमै राम्रो पनि भयो । सबै जना नेपाली प्रोडक्ट विदेश जानथाल्यो भनेर खुसी थियौं । यतिकैमा कोभिड आयो । त्यसपछि त्यहाँ पनि पसल बन्द गर्नुपर्ने अवस्था भयो । सामान पुराना भए, सस्तोमा बेच्नुपर्ने भयो । त्यसले गर्दा हामीले सोचे जसरी बजार विस्तार गर्न पाएनौं । अहिले पनि कोभिडको अन्योल हटिसकेको छैन । लजिस्टिक कस्ट एकदमै उच्च छ । पहिले अमेरिकामा एक कन्टेनर पठाउँदा चार हजार डलरमा हुन्थ्यो भने अहिले १५÷१६ हजार जान्छ । यसले जुत्ताको मूल्य धेरै बढ्ने भयो । त्यसकारण अहिले हेर्दा धेरै किसिमले गाह्रो देखिन्छ ।

नक्कली जुत्ताले चुनौती

पछिल्लो समय नेपाली बजारमा पनि नक्कली जुत्ताको बिगबिगी छ । यसमा सरकारले ठूलो भूमिका खेल्नुपर्ने देखेका छौं । अहिले बाहिरबाट धेरै नै नक्कली जुत्ताहरू आइरहेका छन् । कर नतिरेर, न्यून बिजकीकरण गरेर र गलत डेकोरेसन गरेर जुत्ताहरू आइरहेका छन् । पहिला चीनबाट १ डलर ५० सेन्टमै जुत्ता आउँथे । हामी यहाँ यति ठूलो कारखाना खोलेर ३÷४ हजार मानिसलाई रोजगारी दिएर, बैंकको ऋण तिरेर, ट्याक्स–भ्याट तिरेर जुत्ताहरू बजारमा पु¥याउनुपर्ने, गुणस्तर पनि दिनुपर्ने, पैसा पनि सस्तो हुनुपर्ने, अनि हामीले प्रतिस्पर्धा गर्नुपर्ने चाहिं चीनबाट र भारतबाट ट्याक्स पनि नतिरी देशको राजस्व छलेर आउनेसँग भनेपछि त्यसमा त कुनै पनि तुलना भएन नि !

त्यसैले सरकारले सबैभन्दा पहिला त्यसलाई रोक्नुपर्छ । नाकाहरूमा कडाइ गर्नुपर्छ । विशेष गरी भारतसँगको सीमा खुल्ला छ । त्यहीं ठूला ठूला वेयरहाउस खोलिएका छन् । गाडा र ठेलामा रातारात जुत्ताको ओसारपसार हुन्छ । सय, डेढ सय रूपैयाँमा जुत्ताहरू आइरहेको छ । त्यतिमा जुत्ता आउने कुनै संभावना नै छैन । बच्चाको भनेर ठूलाको जुत्ताहरू आइरहेका छन् । त्यसपछि चीनबाट नक्कली रिबक्सदेखि नाम चलेका ब्रान्डहरू आइरहेका छन् । न्यूनबिजकीकरण भएर भारत र चीन दुवै देशबाट जुत्ता आइरहेका छन् । यदि सरकारले नेपाली जुत्ता उद्योग राम्रो होस्, आत्मनिर्भर होस् भन्ने चाहन्छ भने त्यस्ता जुत्ता ल्याउन तत्कालै बन्द गर्नुपर्छ ।

सरकारले प्रोत्साहन गर्नुपर्छ

देशलाई जुत्ताचप्पलमा आत्मनिर्भर बनाउन सरकारले आफ्नो तर्फबाट पनि उद्योगलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्नुपर्छ । हामी ३ महिनाअघि नै मान्छे लिएर उनीहरूलाई तालिम दिइरहेका छौं । प्रशिक्षित जनशक्ति भए हामीलाई धेरै सहज हुने थियो । यो तीन महिनाको तालिम शुल्क लगायत खर्च सरकारले हेरिदिए मात्रै पनि उद्योगलाई सहयोग पुग्छ । अर्को कुरा चाहीं सरकारले उद्योगलाई जमिन उपलब्ध गराइदिएर, कर कम गरेर, विद्युत् आपूर्तिको व्यवस्था मिलाइदिएर पनि सहयोग गर्न सक्छ । अहिले पनि नगरेको होइन ।

विशेष आर्थिक क्षेत्र (सेज) भनेर व्यवस्था गरिएको छ तर त्यहाँ धेरै समस्या छ । जस्तो भैरहवा सेजमा हामीले पनि स्थान लियौं तर उहाँहरूले हाम्रो पुरानो मेसिन भयो, नयाँ ल्याउनुपर्छ भनिदिनुभयो । हामीले इटलीबाट ल्याएका ती मेसिनलाई करोडौं रूपैयाँ पर्छ । अब त्यहाँको लागि भनेर मेसिन किनेर हामीलाई केही फाइदा हुँदैन । यहाँको मेशिन त्यहाँ लैजान पाउनुप¥यो र नयाँ पनि किन्न पाउनुप¥यो । त्यसकारण सरकारले यस्ता काम गरेर पनि कसरी सजिलो हुन्छ भन्नेतिर पनि सोंच्नुपर्यो ।

समस्या के भयो भने सरकारी नीति र हाम्रो योजनाबीच तालमेल भएन । उद्योगहरूको चाहना त बैंक ऋण पनि अलिकति सस्तो गरिदिए हुन्थ्यो, बिजुली बत्ती अलिकति सहज भइदिए हुन्थ्यो, तालिमतिर पनि अलिकति हेरिदिए हुन्थ्यो, नेपालले जुत्ताचप्पल पनि निर्यात गर्न सक्ने रहेछ भनेर प्रोत्साहन गरिदिए हुन्थ्यो भन्ने नै हो । अहिले हामीकहाँ विदेशी मुद्रा सञ्चिति घटेर ठूलो समस्या भइरहेको छ । त्यसकारण हामीजस्ता थोरै भए पनि वैदेशिक मुद्रा ल्याउन सक्ने कम्पनीहरूलाई सरकारले सहयोग गर्नुपर्ने जस्तो लाग्छ । यसमा सरकारले केही सहयोग गरे हामी पनि केही योगदान गर्न सक्छौं । नेपाली उत्पादनको भन्सार शुल्क नै धेरै छ । सरकारले नेपाल विकासोन्मुख देश भएकाले नेपाली उत्पादनलाई केही छुट गरिदेऊ भनिदिँदा पनि हामीले केही राम्रो गर्न सक्छौं ।

(प्रस्तुत लेख नेपाल चेम्बर अफ कमर्शले आफ्नो ७१औं वार्षिक साधारण सभाको अवसरमा प्रकाशित गरेको ‘अर्थतन्त्रको पुनरुद्धार’ स्मारिकाबाट लिइएको हो ।)


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.