add

ल्होत्से मलमा भएको लुटपाटप्रति संघकाे ध्यानाकर्षण






ActPro Nepal

|

४ फागुन, २०७९

|
586

काठमाडौं । सोमबार यातायात मजदुरसंघले गरेको आन्दोलनको मौका छोपी नयाँ बसपार्कस्थित ल्होसे मलमा दिनदाहडै भएको लुटपाटको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल उद्योग वाणिज्य संघले जनाएको छ ।

राज्य प्रशासन र कानुनलाई ठाडै चुनौती दिदैँ दिनदाहडै भएको घटनाले सुरक्षा निकायले जनतालाई दिनुपर्ने शान्ती सुरक्षा र आफ्नो कर्तव्यमा कमीकमजोरी भएको महासंघका अध्यक्ष दिनेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शान्तीपुर्ण आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार जो कसैलाई हुने तर सोही आन्दोलनको निहुँमा कसैको व्यक्तिगत व्यवसायमाथि तोडफाेड गर्न नपाइने र लुटपाट मच्चाउने अधिकार कसैलाई नभएको  तोडफोड र लुटपाटका  कारण पिडितले लाखौँको क्षति व्यहोरनुपरेको’ विज्ञप्तिमा  उल्लेख छ ।

कोभिड प्रकोप चर्को बैंकको व्याजदरले धरायसी बन्दै गएको निजी क्षेत्रलाई यस घटनाले थप प्रभावित बनाएको संघले जनाएको छ ।  राज्यलाई कर तिरेर निर्धक्क साथ व्यवसाय सञ्चालन गर्न नदिएको भन्दै महासंघले तोडफाेड र लुटपाट को घोर विरोध गरेको छ । महासंघले तोडफोड, आगजनी र लुटपाटको घटनामा संलग्नलाई तत्काल कार्वाहीको दायरामा ल्याउन माग गर्दै पीडित व्यवसायीलाई अविलम्ब उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको हाे ।

उद्योगी व्यवसायीहरुलाई निर्धक्क साथ व्यवसाय गर्ने वातावरण तय गरिदिन समेत महासंघले आग्रह गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.