add

पेरिसडाँडामा माओवादीले मनायाे 'जनयुद्ध' दिवस (तस्वीरहरू)






ActPro Nepal

|

१ फागुन, २०७९

|
419

'काठमाडौं । जनयुद्ध' दिवस माओवादी घटकहरूले आज विशेष कार्यक्रमको आयोजना गरेर मनाइरहेका छन् । यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । 

संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर तत्कालीन विद्रोही माओवादीले १ फागुन २०५२ मा सशस्त्र विद्रोहको सुरुवात गरेको थियो ।

सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीहरूले 'जनयुद्ध' दिवसका रूपमा मनाउँदै आएका छन् । यसअवसरमा आज पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयमा पनि विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । सम्बाेधनका क्रममा प्रचण्डले माओवादी शक्तिहरू एकीकृत गर्ने प्रयास भइरहेकाे बताए ।

केही तस्वीरहरू :



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.