add

लागूऔषध सेवन गरी सवारी साधन चलाउने तीन चालक पक्राउ






ActPro Nepal

|

२७ माघ, २०७९

|
505

काठमाडौं । लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने तीन जना चालकलाई काठमाडौँको बुढानीलकण्ठबाट शुक्रवार बिहान ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेहरूमा बा १८ च ८४३७ नम्बरको पिकअप जिपका चालक काठमाडौँको डल्लु बस्ने गणेश कार्की, बा १६ प ४४९१ नम्बरको मोटरसाइकलका चालक बुढानीलकण्ठ बस्ने अंकित भट्टराई र बागमती प्रदेश-०२-०३१ प ४८८ नम्बरको मोटरसाइकलका चालक बुढानिकण्ठमै बस्ने सुमन रावत रहेका छन् ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागु औषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग बुढानीलकण्ठको संयुक्त टोलीले बुढानीलकण्ठ क्षेत्रमा २० ओटा सवारी साधन चेक गर्दा तीन जना चालकले लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेको पाइएको थियो ।

लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त महाराजगन्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

नशा लाग्ने पदार्थहरू सेवन गरी सवारी साधन चलाउँदा मानिसको शारीरिक तथा मानसिक दुर्बलता निम्त्याउनुको साथै मस्तिष्क, मुटु र फोक्सोजस्ता संवेदनशील अङ्गहरूमा आघात पारी मानवीय स्वास्थ्यमा नै खराब असर पर्ने हुन्छ ।

लागु पदार्थले मानिसलाई आलस्यजनक, भ्रमात्मक र उत्तेजक बनाउने गर्दछ जसका कारण सवारी दुर्घटना लगायतका अन्य अकल्पनीय घटनाहरू हुने भएकाले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने कुनै पनि नशालु पदार्थहरू सेवन तथा प्रयोग गरी सवारी साधन नचलाउन चालकलाई प्रहरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध समेत गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.