add

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : ऋणीलाई राहत






ActPro Nepal

|

२७ माघ, २०७९

|
434

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । राष्ट्र बैंकले शुक्रबार वेबसाइट मार्फत मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।

समीक्षा मार्फत राष्ट्र बैंकले ऋणीलाई केही राहत दिएको छ भने सेयर बजार घरजग्गामा गरेको कडाइ यथावत राखेको छ ।

राष्ट्र बैंकले सबै खाले ऋणीलाई ऋण तिर्ने समय १ महिना थप गरिदिएको छ ।वैशाखसम्म ऋण तिनुपर्ने ऋणीले यस्तो सुविधा पाउने भएका हुन् ।

नयाँ व्यवस्था अनुसार पुससम्म ऋण तिरिसक्नुपर्ने ऋणीले माघभित्र ऋण तिर्दा जरिवाना नलाग्ने भएको हो । यसैगरी, फागुनमा तिनुपर्नेले चैतमा, चैतमा तिर्नुपर्नेले वैशाखमा र वैशाखमा तिरिसक्नुपर्ने जेठसम्म ऋण तिर्दा जरिवाना नलाग्ने भएको हो ।

यस्तै, राष्ट्र बैंकले २ करोडसम्म ऋण लिएका ऋणीलाई कर्जा पुनर्तालिकीकरण तथा पुर्संरचनामा पनि सहुलियत दिएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भइ २०७९ पुस मसान्तसम्म सक्रिय वर्गमा रहेको २ करोडसम्मको कर्जालाई उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको छ ।

मौद्रिक नीति समीक्षा मार्फत ऋणीलाई राहत दिएके केन्द्रीय बैंकले घरजग्गा र सेयर बजार सम्बन्धी व्यवस्था भने यथावत राखेको छ । राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा १२ करोड र जोखिम भार १५० प्रतिशत यथावत राखेको छ ।

लगानीकर्ताले सेयर धितो कर्जाको सीमा बढाउन र जोखिम धार घटाउन माग गर्दै आए पनि राष्ट्र बैंकले कुनै सम्बोधन नगरेको हो ।

यस्तै, घरजग्गासम्बन्धी कर्जा र जोखिमभार सम्बन्धी व्यवस्था पनि यथावत राखेको छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.