काठमाडौं । सोमबार पाँच सय रूपैयाँले उकालो लागेको सुनको मूल्य मंगलबार स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार छापावाल सुन सोममबारकै मूल्य अर्थात एक लाख चार हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार तेजावी सुनको मूल्य सोमबारकै कामय अर्थात एक लाख चार हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै सोमबार स्थिर चाँदी आज पनि स्थिर रही एक हजार तीन सय २० तोकिएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।