काठमाडौं । नेपाल टेलिकमले आजबाट फाइभजी सेवाको आन्तरिक परीक्षण सुरु गरेको छ । आइतबार कम्पनीले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारी फाइभजी को परीक्षण शुरु गरेको हो ।
कम्पनीले फाइभजी नेटवर्कको आन्तरिक परीक्षण बबरमहल र सुन्धारा स्थित कार्यालय र केही समयपछी पोखरामा गरिने बताइएको छ। हाललाई सर्वसाधारणले भने फाइभजी चलाउन पाउने छैन ।
फाइभजीका लागि उपलब्ध मोबाइल उपकरणहरूको इकोसिस्टम तयार भइनसकेको भन्दै तत्कालै सर्वसाधारणलाई परीक्षणकालीन सेवा नहुने बताइएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।