add

नेपाल लाइफ इन्स्योरेन्सको नाफा तेब्बरले बढ्यो, प्रतिसेयर आम्दानी कति ?






ActPro Nepal

|

२२ माघ, २०७९

|
494

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा तेब्बरभन्दा धेरैले बढेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २३७.२९ प्रतिशतले बढेको हो ।

चालु आवको पुस मसान्तसम्म इन्स्योरेन्सले ४४ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको ३१ करोड रुपैयाँ बढी हो । कम्पनीले गत वर्षको पुससम्म १३ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो।

बीमा शुल्क संकलन, कर्जा लगानीबाट प्राप्त हुने आम्दानी बढ्दा र जोखिम व्यवस्थापनका लागि रकम छुट्याउनु नपर्दा कम्पनीको नाफामा छलाङ आएको हो ।

समीक्षा अवधिमा इन्स्योरेन्स खुद बीमा शुल्क १.६० प्रतिशतले बढेर १८ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीले यस अवधिमा लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी ४३ करोड ८३ लाख रुपैयाँ छ ।

हाल ८ अर्ब २० करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४८ करोड ४ लाख रुपैयाँ छ । त्यस्तै, जीवन बीमा कोषमा १ खर्ब ५० अर्ब र महाविपत्ति कोषमा ८३ करोड ३६ लाख रुपैयाँ छ ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि तेब्बरले बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३.६२ रुपैयाँबाट बढेर १०.७३ रुपैयाँ पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ ११६.१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६८.४४ गुणा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.