add

धनगढीका व्यस्त सडकमा पार्किङ गर्न रोक






ActPro Nepal

|

२० माघ, २०७९

|
533

धनगढी  । धनगढीको मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ ।

सवारी दुर्घटना बढ्न थालेपछि अहिले सडकका छेउछाउमा राखिएका डिभाइडरसमेत हटाउन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वीरेन्द्रसिंह जोहारीले जानकारी दिए ।

अत्तरिया मोहना छ लेन सडकका छेउछाउमा सवारी पार्किङ गर्न निषेध गरिएको हो । उक्त छ लेन सडकको मुख्य चौराहा चोक, अस्पातल लाइनलगायत अन्य ठाउँमा पनि पार्किङ निषेध गरिएको हो ।

“मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर, सवारी दुर्घटना हुनुका साथै सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा सडक क्षेत्रमा पूर्णरूपमा पार्किङ निषेध गरिएको छ”, जोहारीले बताए । अहिले ट्राफिक प्रहरी प्रमुख नयाँ आउनेबित्तिकै कैलालीका धेरै ठाउँमा ट्राफिकले सवारी जाँचमा कडाइ गर्दै आइरहेको छ । जिल्लामा हुने आपराधिक घटनालाई न्यूनीकरण गर्न लागिएको प्रवक्ता वेदप्रकाश जोशीले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.