add

लाभांश प्रयोजनका लागि अपि पावरले तोक्यो बुकक्लोज






ActPro Nepal

|

१८ माघ, २०७९

|
312

काठमाडौं । अपि पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

कम्पनीले फागुण १४ गते १९ औं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा बानेश्वर व्याक्वेट, थापागाँउमा बिहान ११ बजे सभा सुरु हुने छ ।

कम्पनीले गत वर्षकाे नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत गरी कुल ८.१४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् । कम्पनीले साधरण सभा प्रयोजनका लागि फागुण ४ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार फागुण ३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

त्यस्तै, कम्पनीले सभामा बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि लैजाने भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.