add

२०७९ माघ १८ गते बुधवारको दैनिक राशिफल र पञ्चाङ्ग






ActPro Nepal

|

१८ माघ, २०७९

|
760

आजको पञ्चाङ्ग

काठमाडौ । २०७९ माघ १८ गते, बुधवार, १ फेब्रुअरी २०२३। माघ शुक्लपक्ष एकादशी तिथि, १५ः४५ बजेपछि द्वादशी। मृगशिरा नक्षत्र। चन्द्रराशि– वृष, १५ः५५ बजेदेखि मिथुन।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दाम्पत्य जीवन सामान्य छ। आयआर्जन बढ्नेछ। व्यापार व्यवसायमा उन्नति हुनेछ। जग्गाजमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। दिन सामान्य छ। प्रेममा सफलता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

झुठा आरोप लाग्नसक्छ। आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नसोचेको सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रोगबाट मुक्ति मिल्नेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। राजनीतिमा संगठन बलियो बन्नेछ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

रोगको प्रकोप बढ्नेछ। खर्च पनि धेरै हुनेछ। प्रतिस्पर्धी सक्रिय छन्। अरु क्षेत्र सामान्य रहेपनि दाम्पत्य जीवन धेरै राम्रो छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

समस्यामा परिनेछ। शिक्षाको क्षेत्रमा मानसम्मान बढ्नेछ। प्रेममा सफलता मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धार्मिक क्षेत्रमा मन जानेछ। सहयोग गर्नेहरु बढ्नेछन्। खुसी मिल्नेछ। इष्टमित्रसँगको सम्बन्ध सुधार हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

खर्च बढ्नेछ। दाम्पत्य जीवन सुमधुर हुनेछ। व्यापार व्यावसायमा ठूलो लगानी नगर्नुहोला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

दिन राम्रो छ। रोकिएका कामहरु बन्नेछन्। साथीभाइको सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

बोलीमा मिठास बढ्नेछ। मातापिताको सम्झना गर्दा काममा सफलता मिल्नेछ। बन्धुबाट सहयोग मिल्नेछ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

काममा फाइदा मिल्नेछ। आर्थिक लाभ मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.