add

आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन खुल्यो,कति कित्ता भर्न पाइन्छ ?






ActPro Nepal

|

१६ माघ, २०७९

|
390

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला हुने भएको छ । लघुवित्तले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ विक्री खुला गरेको हो । ।

लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले २० लाख ३३ हजार ८०० रुपैयाँ बराबरको २० हजार ३३८ कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

साथै, लघुवित्तले कम्पनीका कर्मचारीका लागि ३ हजार ११७ कित्ता, सामूहिक लगानी कोषका लागि १० हजार १७० कित्ता आइपीओ पनि विक्री खुला गरेको छ ।

लघुवित्तको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्र्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.