काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
शिखर इन्स्योरेन्स र नेरुडे लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।
दुवै कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (माघ १७ गते) गते बुकक्लोज तोकेको छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।
शिखरले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र कर तिर्न ०.८४ प्रतिशत नगद गरी १६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले माघ २५ गते एकैसाथ १७ औँ र १८ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
त्यसैगरी, नेरुडे लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १.१५ प्रतिशत नगद गरी कुल २३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न लघुवित्तले माघ २८ वार्षिक साधारण सभा बोलाएको छ ।
दुवै कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।