add

आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह






ActPro Nepal

|

१४ माघ, २०७९

|
427

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक गतिविधि सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

मुलुकमा पछिल्लो समय व्यावसायिक गतिविधि सहज हुन नसकेको भन्दै चेम्बरले आर्थिक र वित्तीय अनुशासनमा जोड दिएको हो ।

व्यावसायिक कठिनाइका कारण आत्मदाह गर्ने अवस्था आउनु मुलुककै लागि दूर्भाग्य भएको चेम्बरको ठहर छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वित्तीय संस्थामा लामो समयदेखि सृजित समस्याले उद्योगी र व्यावसायिक क्षेत्रमा गम्भीर असर गरेको छ । व्यावसायिक समस्याकै कारण आत्मदाहको अवस्थामा पुग्नु समग्र राष्ट्रका लागि दुःखद् घटना हो ।’

मुलुकमा नै केही गर्न खोज्ने युवाका लागि राज्य संयन्त्रबाट नीतिगत झण्झट अन्त्य गर्न र बैंक वित्तीय संस्थाले पनि ऋण लिने दिने प्रक्रियालाई सेवामुखी बनाउनुपर्ने चेम्बरले जनाएको छ । उच्च ब्याजदर नियन्त्रण एवम् लगानीमुखी वातावरण निर्माणका लागि राज्यका निकायमा पटकपटक ध्यानाकर्षण गराइएको चेम्बरले उल्लेख गरेको छ ।

मुलुकमा हुने उधारो कारोबारलाई निरुत्साहित गरी नगद कारोबारलाई प्रोत्साहन एवम् डिजिटल प्रणालीमा लैजान अध्यक्ष राजेन्द्र मल्लले आग्रह गरेका छन् ।

चेम्बरले ब्याजदरको स्थायीत्व र लगानीका लागि सहज वातावरण बनाउन केन्द्रीय बैंंक एवम् बैंक वित्तीय संस्थालाई पुनःआग्रह गरेको छ । पछिल्लो समय साना, मझौला, महिला उद्यमी, कृषिलगायतका क्षेत्रको उद्यमशिलता विकासका लागि राज्यले ठोस नीतिगत व्यवस्था गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.