काठमाडौँ । नेपाल प्रहरीमा प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक डीआईजी पोषराज पोखरेललाई दिइएको छ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पोखरेललाई केन्द्रीय प्रवक्ता तोकेका हुन्। यसअघिका प्रवक्ता टेकप्रसाद राईको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको थियो।
महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी पोखरेललाई प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।