add

‘फरार अभियुक्त’ लक्ष्मी महतोको बचाउमा उत्रिए महासेठ, चुनौती दिँदै भने-‘पक्राउ गरेर देखाउनुस्’






ActPro Nepal

|

१० माघ, २०७९

|
584

काठमाडौं । नेकपा एमालेका सांसद रघुवीर महासेठले ‘फरार अभियुक्त’ को सूचीमा रहेको एमाले सांसद लक्ष्मी महतो कोइरीको बचाउमा उत्रिएका छन्। मंगलवार प्रतिनिधिसभामा आफ्नो भनाई राख्दै महासेठ बचाउमा उत्रिएका हुन्।

संसदको आजको बैठकमा सांसद महासेठले सोधे, ‘साँच्चै नै लक्ष्मी महतो अपराधी नै हो त । अपराधी हो भने वर्तमान सरकार लक्ष्मी महतोलाई सम्मानित र प्रतिष्ठित पदकबाट सरकारले सिफारिस गरेर किन दिएको महतो यो देशको प्रधानमन्त्री बन्ने अधिकार भएको मान्छे भएको भन्दै बचाउ गरे ।

‘लक्ष्मी महतोको पनि यो देशमा प्रधानमन्त्री बन्ने अधिकार छ। उहाँ माननीय हुनुुहुन्छ,’ महासेठले भने।

महतोमाथि ‘अपराधी’ शब्द प्रयोग नगर्न उनले आग्रह गरे। ‘आज लक्ष्मी महतोमाथि जुन ‘अपराधी’ भन्ने शब्द प्रयोग भएको छ। अहिलेसम्म अदालतले दोषी करार गरेको छैन।

शंकाको घेराभित्र राखिएको छ। थुनछेक गरेर अर्थात् थुनामा राखेर कारबाही गर्ने कुरा उठाएको छ,’ सांसद महासेठले भने, ‘अपराधि नै हो भनेर निर्णय गरेको छैन।

त्यो बेला अपराध हेर्नुभएन ? पहिलेको सरकारले लक्ष्मी महतोको मुद्दा आजको होइन। सात वर्षभन्दा बढी भइसक्यो असईको हत्या भएको।’

सांसद महतोलाई पक्राउ गर्न एमालेको कुनै पनि नेताहरूबाट बाधा अवरोध नआउने पनि उनले बताए। ‘अदालतले लक्ष्मी महतोलाई अपराधी नभनेकाले उनी दोषी नभएको उनले बताए।

महतोलाई अदालतले अझसम्म दोषी करार नगरेको दाबी गर्दै महासेठले महोत्तरीमा उनलाई लक्ष्मीलाई झैं पूजा गरिने तर्क गरे।

‘अहिलेसम्म अदालतले लक्ष्मी महतोलाई दोषी करार गरेको छैन,’ महासेठले भने, ‘महोत्तरीको गाउँमा लक्ष्मी पूजामा झै उहाँलाई पूजा गरिन्छ।’

लक्ष्मी महतोले प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले विश्वासको मत लिँदा मतदान गरेका थिए। प्रहरीको खोजी सूचीमा रहेका उनले मतदान गरेको खुलेपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको आलोचना भएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.