add

माघ १६ गतेदेखि आईपीओ निष्काशन गर्दै आत्मनिर्भर लघुवित्त






ActPro Nepal

|

६ माघ, २०७९

|
500

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि दुई चरणमा प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

लघुवित्तले पहिलो चरणमा फागुन ११ गतेदेखि सर्वसाधरणका लागि र माघ १६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्ने भएको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।

सोमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २० हजार ३३८ कित्ता, कम्पनीका कर्मचारीका लागि ३ हजार ११७ कित्ता, सामूहिक लगानी कोषका लागि १० हजार १७० कित्ता छुट्याइएको छ । बाँकी १ लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधरणले फागुन ११ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ १६ गतेदेखि फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्र्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.