add

सानिमाको ‘दीर्घायु जीवन बीमा’ मा आकर्षण बढ्दो, यस्ता छन् विशेषता






ActPro Nepal

|

५ माघ, २०७९

|
672

दिपक घिमिरे

काठमाडौं ।  जीवन बीमा गरी भविष्यमा आउने सम्भावित जोखिम सुरक्षण गर्न चाहनुहुन्छ ? त्यसो हो भने तपाई र तपाईंको आफन्तका लागि सानिमाको  ‘दीर्घायु जीवन बीमा’ योजना उपयुक्त छ ।

सानिमा लाइफ इन्स्योरेन्सको आफूलाई पाएक पर्ने शाखा वा आधिकारिक अभिकर्तामार्फत बीमा गर्न सकिन्छ ।

केही वर्ष यता नेपालीमा पनि बीमप्रतिको आकर्षण बढ्दो छ ।  हरेक कम्पनीले विभिन्न नाममा बीमा योजना बजारमा ल्याएका छन् ।

सबैको विशेषता फरक फरक छ । तर, बिमितले बजारमा उपलब्ध योजनाहरुमध्ये छानेर आफूलाई उपयुक्त खोज्न सक्नुपर्छ ।

यसकालागि हरेक योजनाको विशेषता, बिमांक रकम (बीमा शुल्क) समयावधि, परिपक्कोता अवधि, दाबी भुक्तानी प्रक्रिया आदि ।

मानिसको जीवनमा जोखिमहरू धेरै हुन्छन् । सबैभन्दा ठूलो जोखिम भने मृत्यु हो, जसलाई चाहेर पनि टार्न सकिदैन ।

रोगब्याधी, प्राकृतिक प्रकोप, दुर्घटना आदि मृत्युका कारण हुन् । यस्ता समस्या हरेक मानिसको जीवनमा आउँछ ।

हामी हाम्रो जीवनको सबै समस्या र घटना त टार्न सक्दैनौ तर क्षति कम गर्न सक्छौँ । समस्याका बावजुद सहज र सरल जीन्दगी जिउन सक्छौँ । यसको एउटै माध्यम हो जीवन बीमा योजना ।

कम्पनीले बीमितहरुका भावी सुरक्षाका लागि यस प्रकारको नयाँ विशेषतायुक्त जीवन बीमा योजना ल्याएको हो । यस बीमा योजनाप्रति बीमितहरुको धारणा सकारात्मक पाइएको छ ।

बीमितको हितलाई केन्द्रमा राखेर ल्याएको यस बीमा योजनामा बीमितिहरुको रोजाईमा परेका कारण सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बजारमा बिक्री वितरण गर्दै आएको सानिमा दीर्घायु जीवन बीमा योजना आम सर्वसाधारणको रोजाईको विषय बनेको हो ।

यस्ता छन् विशेषता

आफू र आश्रित परिवारको सुनिश्चित भविष्यको लागि सानिमा लाइफले ‘सानिमा दीर्घायु जीवन बीमा’ योजना निकै उपयोगी रहेको छ । कम्पनीले ल्याएको उक्त योजनामा ११ बर्षदेखि ६५ बर्षसम्मका उमेर समूहका ब्यक्तिहरुले बीमा गर्न पाउने छन् ।

‘सानिमा दीर्घायु जीवन बीमा’ योजनाको न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ बर्ष रहेको छ । त्यस्तै, अधिकतम बीमाशुल्क भुक्तानी अवधि ५४ बर्षसम्म रहेको छ ।

विशेषताहरू

यस बीमा योजनामा सहभागी हुने न्यूनतम प्रवेश उमेर ११ बर्ष रहेको छ भने अधिकतम उमेर ६५ बर्ष रहेको छ । त्यस्तै, न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ बर्षको रहेको छ भने अधिकतम बीमाशुल्क भुक्तानी अवधि ५९ वर्ष रहेको छ ।

आय स्रोतको आधारमा अधिकतम बीमाङ्क रकम भुक्तानी गर्न सकिने यस योजनामा अधिकतम् आजीवन बीमा अवधि भने १०० बर्ष रहेको छ । कम्पनीकाअनुसार न्यूनतम बीमाङ्क रकम भने एक लाख रुपैयाँ लाग्नेछ । कम्पनीकाअनुसार बीमा शुल्क भुक्तानी भने वार्षिक/अर्धवार्षिक वा त्रैमासिक रूपमा गर्न सकिनेछ ।

बीमाङ्क रकम भुक्तानी दिने अवस्था

बीमा समाप्ति मितिसम्म बीमित जीवित भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क र नियमानुसारको बोनस एक मुष्ट प्रदान गरिने छ ।

बीमा समाप्ति मिति अगावै बीमितको मृत्यु भएमा बीमाङ्क र नियमानुसारको बोनस एक मुष्ट बीमितको कानुनी हकवालालाई भुक्तानी गरिने छ ।

बीमा समाप्ति मिति पश्चात् बीमाशुल्क तिर्नु नपर्ने गरी जीवन बीमाको कानुनी दायित्व बहन गरीने छ । बीमालेखको शर्त अनुसार बीमित १०० वर्ष सम्म जीवित रहेमा बीमितलाई र सो भन्दा पहिला बीमितको मृत्यु भएमा बोनस रहितको बीमाङ्क रकम बीमितको कानुनी हकवाला लाई प्रदान गरिने छ । त्यसरी थप बीमाङ्क रकम प्रदान गर्न बीमालेख अन्तर्गतको सम्पूर्ण बीमाशुल्क बीमकलाई बुझाएको हुनु पर्दछ ।

बीमाङ्कको आधारमा छुट

कम्पनीले बीमाङ्कको आधारमा छुट समेत उपलब्ध गराउँदै आएको छ । बीमाङ्क २ लाखदेखि २ लाख ९९ हजार ९९९ रुपैयाँसम्म बुझाउदा प्रतिहजार प्रतिबर्ष एक रुपैयाँ छुट हुनेछ भने बीमा रकम ३ लाख रुपैयाँ वा सोभन्दा बढी बुझाएमा प्रतिहजार प्रतिबर्ष २ रुपैयाँ छुट हुनेछ । बीमाङ्क भने १० हजार गुणङ्कमा हुनुपर्नेछ ।

कुन अवधिको भुक्तानीमा कति छुट ?

बीमाशुल्क भुक्तानी तरिकाको आधारमा पनि कम्पनीले छुट प्रदान गर्दै आइरहेको छ । तपाई, अर्धवार्षिक वा वार्षिक कुन अवधिमा भुक्तानी गर्नुहुन्छ त्यस आधारमा भुक्तानीमा छुट पाउनुहुन्छ । कम्पनीकाअनुसार बीमाङ्क रकम वार्षिक रूपमा भुक्तानी गर्दा २५ प्रतिशत र अर्धवार्षिक भुक्तानीमा १५ प्रतिशत छुट पाइनेछ । त्रैमासिक भुक्तानीमा कुनै छुट तथा थप नभएको कम्पनीले जनाएको छ ।

चुक्ता मूल्य

यदि कम्तिमा दुई वर्षको पुरा बीमाशुल्क तिरेको छ भने र बाँकी बीमाशुल्क तिरेको छैन भने बीमालेख स्वतः चुक्ता बीमालेखमा परिणत हुने छ । बीमालेख चालु अवस्थामा नियमानुसारको चुक्ता मूल्य भुक्तानी हुने छ ।

कर्जा र समर्पण मूल्य सुविधा

यस बीमा योजनाअन्तर्गत कर्जा तथा समर्पण मूल्य समेत प्राप्त हुनेछ । पुरा ३ वर्षको बीमाशुल्क तिरेपछि बीमालेख जारी भएको ३ वर्ष पुरा भएपश्चात कर्जाको सुविधा लिन सकिनेछ ।

कम्पनीका अनुसार बीमालेख धितोमा राखी नियमानुसारको कर्जा रकम प्राप्त गर्न सकिने छ । पुरा ३ वर्षको बीमाशुल्क तिरे पछि बीमालेख जारी भएको ३ वर्ष पुरा भएपश्चात बीमालेखबाट समर्पण मूल्य प्राप्त गर्न सकिने छ ।

दुर्घटना मृत्युलाभ

यस योजनाअन्तर्गत नगन्य थप बीमाशुल्क तिरेर यो सुविधा उपयोग गर्न सकिन्छ । यस पुरक करारअन्तर्गत अतिरिक्त बीमाशुल्क तिरेर दुर्घटना मृत्युलाभ सुविधा उपभोग गर्न सकिन्छ । यस्तो सुविधा पुरक करारमा उल्लेख भएको रकम बराबर मात्र हुनेछ ।

यदि बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमालेख र पुरक करारको अधिकारमा रही बीमाङ्क बरावरको थप रकम र नियमानुसारको आर्जित बोनस बीमितको कानुनी हकवालालाई एकमुष्ट प्रदान गरिने छ ।

पूर्ण अशक्तता तथा बीमाशुल्क छुट सुविधा

अतिरिक्त बीमाशुल्क तिरेर पूर्ण अशक्तता तथा बीमाशुल्क छुट सुविधा लिन सकिन्छ । यस योजना अनुसार दुर्घटनाबाट बीमित अङ्गभङ्ग वा स्थायी अशक्तता भएमा बीमालेख तथा पुरक करारको परिधिभित्र रही पूर्ण अशक्तता तथा बीमाशुलक छुट सुविधा प्रदान गरिनेछ छ ।

यस बीमा योजनाबारे थप जानकारीका लागि,

https://sanimalife.com/sanima-dirghayu-endowment-cum-whole-life-life-assurance-plan/


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.