add

नुवाकोट बेलकोटगढी-९ का राजाराम बेपत्ता, खोजिगरिदिन परिवारको आग्रह






ActPro Nepal

|

४ माघ, २०७९

|
581

नुवाकोट । काममा जान भनेर हिँडेका बेलकोटगढीका एक युवा एकाएक बेपत्ता भएका छन् ।

बेलकोटगढी वडा नं. ९ नलगाउँका ३२ वर्षका राजाराम गजुरेल विगत धेरै दिनदेखि सम्पर्कविहीन भएका हुन् । जसका कारण बृद्ध बाबुआमा धेरै दिनदेखि आँशुमा डुब्न पुगेका छन् भने सिंगो परिवार र आफन्तमा तनावग्रस्त वातावरण सिर्जना भएको छ ।

ग्रिल तथा वेल्डिङको काम गर्दै आएका गजुरेल पुस २७ गते सोही कामका लागि तारकेश्वर गाउँपालिकास्थित तारुकाघाट जान्छु भनी परिवारलाई जानकारी दिएर घरबाट निस्किएका थिए । त्यसपछि विदुर नगरपालिका-५ पिपलटारमा रहेका उनका काका कृष्णकुमार गजुरेलसँग खर्चबापत एकहजार रुपैयाँ पैसा मागेर दुई दिनमा काम सकेर घर घर फर्किने भनी त्यहाँबाट हिँडेकोमा हालसम्म घर फर्किएका छैनन् । जतिबेला गजुरेलले काममा लागि आवश्यक वेल्डिङका सरसामान सहित गएकोमा हालसम्म सम्पर्कमा नआएको र उनले प्रयोग गर्ने मोबाइल नम्बर ९८५१२३१७८८ मा समेत सोही दिनदेखि सम्पर्क हुन नसकेको परिवार स्रोतले बताएको छ। उक्त नम्बर हालसम्म पनि बन्द छ ।

उनले प्रयोग गर्ने फेसबुकमा एक स्टाटस पोष्ट गर्दै कामका सिलसिलामा केहि समय डोल्पा जिल्लातर्फ आफू हिँडेको भन्दै भोलिपल्ट २८ गते अन्तिमपटक उक्त सन्देश लेखेका छन् ।

घरको सबैकुरा रेखदेख गर्ने र परिवार धान्ने जेठो सन्तान नै यसरी अचानक हराएपछि परिवारमा तनाव सिर्जना हुन पुगेको काका देविप्रसाद गजुरेल (रामचन्द्र) ले चिन्ता व्यक्त गरे । परिवारमा उनका आमाबुबा, एक भाई, श्रीमती र नाबालक दुई सन्तान छन् । धेरैदिनदेखि सबैतिर खोजिनीति गर्दासमेत गजुरेल सम्पर्कमा नआएपछि परिवारले खोजबिन गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा निवेदनसमेत दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) रमेश पण्डितले भने उनको मोबाइलको कल डिटेल लिएर खोजी गर्ने कार्य अघि बढाएको जानकारी दिए । त्यसका लागि अदालतबाट अनुमति लिएर दुरसञ्चारसँग अनुमति लिने प्रक्रिया केहि लामो हुने भएपनि खोजिका लागि प्रहरी गम्भीर ढंगले अघि बढेको प्रतिक्रिया दिएका छन् ।

घरपरिवारको भरथेग गर्ने मुख्य भरोसा भएको छोरा नै यसरी बेपत्ता भएपछि बुबाआमा, श्रीमतीदेखि आफन्तहरुमा अनेकौं आशंका र चिन्ताले सताएको छ । उनको अवस्था पत्ता लगाउन र उनलाई जतिसक्दो छिटो खोजी गरिदिन परिवारले सबैलाई आग्रह गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.