add

काठमाडौं महानगरले माग्यो शिक्षण सहजकर्ता र शिक्षण सहयोगी






ActPro Nepal

|

४ माघ, २०७९

|
689

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ जना शिक्षण सहजकर्ता र १२० जना शिक्षण सहयोगीको माग गरेको छ । महानगरले पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको एसइई नतिजा सुधार गर्न भन्दै सो संख्यामा शिक्षण सहयोगी मागेको हो ।

शैक्षिक सत्र २०७९ मा एसइई परीक्षामा सहभागी हुने विद्यार्थीको सिकाइमा सहयोग तथा सहजीकरण गर्न भन्दै महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गर्दै विज्ञ सहजकर्ता र शिक्षण सहयोगी माग गरेको हो ।

विभागले खुला विज्ञापनमार्फत गणित, विज्ञान,अंग्रेजी, सामाजिक र नेपाली विषयका लागि पाँच÷पाँच जना माग गरेको हो ।

शिक्षण सहजकर्ताको लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न संघ संस्थामा कार्य गरेका कम्तीमा १० वर्ष अनुभव भएका व्यक्तिले सात दिनभित्र आवेदन दिन सक्नेछन् ।

विभागले शिक्षण सहयोगीका लागि गणित र विज्ञान विषयको लागि ६०–६० जना माग गरेको छ । यसका लागि सम्बन्धित विषयमा स्नातक तह उतीर्ण गरी कम्तीमा २ वर्ष शिक्षण अनुभव हुनेले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.