काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा मेगा बैंक, रुरु जलविद्युत् र गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा मेगा बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको ४ प्रतिशत बोनस सेयर बापतको ६८ लाख ४८ हजार १८४.५८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यसैगरी, रुरुको १० प्रतिशतले हुन आउने ४ लाख ४८ हजार ४७६.०५ कित्ता र गुराँस लाइफको ७.४४ प्रतिशतले हुन आउने १५ लाख ५१ हजार २०० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।