काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको छ ।
मंगलबार तोलाको १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज १ लाख ४ हजार ५ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । बुधबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।
मंगलबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।