काठमाडाैं । प्रधानमन्त्री पुप्षकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विस्तृत विवरण लिन त्यहाँ पुगेका हुन् ।
दुर्घटना पाएको खबरपाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् भने तत्काल उद्धार गर्न निर्देशन पनि दिइसकेका छन् ।
पछिल्लो अपडेटअनुसार दुर्घटनाग्रस्त विमानबाट ३२ जनाभन्दा बढीको शव निकालि सकिएको छ । दुर्घटनामा परेकाहरू जीवित भेटिने सम्भावना न्युन रहेको बताइएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।