add

पृथ्वी जयन्तीमा बिदा दिएर मात्र पुगेन, सरकारी तवरबाटै उत्सव मनाउनुपर्छ : लिङ्देन






ActPro Nepal

|

२७ पुष, २०७९

|
412

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्ने बताएका छन् । 

बुधवार ३०१औँ पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष लिङ्देनले पृथ्वी जयन्तीको दिनमा सरकारले सार्वजनिक बिदा दिएर मात्रै नपुग्ने बताए । उनले यो दिनलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्ने बताए । यद्यपी पृथ्वी जयन्तीको दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेर सरकारले सुकार्यको प्रारम्भ गरेको उनको भनाई छ । 

राप्रपाको मागलाई सरकारले स्वीकार गरेको भन्दै आफूहरुको लागि यो दिन विजयोत्सवको दिन पनि भएको अध्यक्ष लिङ्देनले बताए ।उनले सरकारको न्युनतम साझा कार्यक्रममा राप्रपाको माग समेत समेटिएकाले सरकारमा जाने ढोका खुलेको बताए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.