add

मुख्यमन्त्री कार्कीकाे पहिलाे निर्णय, मन्त्रालयकाे संख्या नाैमा सिमित






ActPro Nepal

|

२६ पुष, २०७९

|
457

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख दल नेकपा ९एमाले०का नेता हिक्मत कार्की मुख्यमन्त्री बन्नासाथ प्रदेश नं। १ मा मन्त्रालयको संख्या घटाएका छन । नवगठित मन्त्रिपरिषदको बैठकले मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको हो ।

यसअघि सामजिक विकास मन्त्रालयलाई सामाजिक र स्वास्थय मन्त्रालय बानाइएको थियो । यस्तै, उद्योग वन तथा वातावरण मन्त्रालयलाई उद्योग श्रम तथा रोजगार, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय र पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको थियो ।

राजेन्द्र राई मुख्यमन्त्री बन्दा सत्ता साझेदार दललाई भाग पुर्याउनका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई फुटाएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कृषि मन्त्रालय बनाइएको थियो ।

यस्तै, भौतिक पूर्वाधार मन्त्रालयलाई खानेपानी, सिचाईं तथा उर्जा मन्त्रालय, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय बनाइएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.