add

प्रतिनिधिसभा बैठक ११ बजे बस्दै,प्रधानमन्त्रीले विश्वासको मत लिने






ActPro Nepal

|

२६ पुष, २०७९

|
543

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्‌मा विश्वासको मत लिँदैछन्। 

आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा दाहालले विश्वासको मत लिन लागेका हुन्। 

नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

दाहाल १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए  भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए ।

सोमबार बेलुका नै प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर उनले विश्वासको मत दिन अनुरोध गरेका थिए। २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १३८ सांसदको समर्थन आवश्यक पर्छ।

शेरबहादुर देउवाले पनि सोमबार बेलुकाको छलफलमा विश्वासको मत दिने आश्वासन दिएका छन्। यता विश्वासको मत दिने वा नदिने भन्नेबारे कांग्रेसले आज बिहान बस्ने बैठकले औपचारिक निर्णय गर्नेछ। 

दाहालले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.