add

जात र विविधताको मात्र होइन अब राष्ट्रियताको संरक्षण गर्नुपर्छ : केपी ओली






ActPro Nepal

|

२५ पुष, २०७९

|
421

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जात र विविधताको मात्र नभएर समग्र राष्ट्रिय संस्कृतिको संरक्षण र सम्वर्द्धनमा जोड दिनुपर्ने बताएका छन ।  

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले अब जात र विविधताको मात्र कुरा गरेर केही नहुने जिकिर गरे । 

अबराष्ट्रिय संस्कृतिको समग्रतामा रक्षा, सम्वर्द्धन, हजारौँ वर्ष लगाएर पूर्वजहरूले विकास र स्थापित गरेको सामाजिक उन्नत संस्कृतिको रक्षा, त्यसको सम्वर्द्धन गर्नुपर्ने ओलीको भनाइ थियो । 

उनले संस्कृति र सामाजिक मूल्य मान्यता बिर्सिए समाज समाज नरहने जिकिर गरे । 

एमाले अध्यक्ष ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको पनि बताए । धेरै वर्षपछि राजश्व असुली ऋणात्मक रहेको, विदेशी मुद्राका संचिती घटेकाले आयात गर्ने अवस्था नरहेकाले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको उनले बताए । 

आर्थिक अवस्था गम्भीर रहेका बेला देशमा निर्वाचित भएर आएका जनप्रतिनिधिले राष्ट्रहितको अवस्थामा उभिनु पर्नेमा ओलीले जोड दिए ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.